News समाज देश

राहदानीबाट मात्र एक करोड ७७ लाख राजश्व संकलन 

राहदानीबाट मात्र एक करोड ७७ लाख राजश्व संकलन 

दाङ । तुलसीपुर इलाका प्रशासन कार्यालयले आ‍.व २०७४/ ७५ मा एक करोड ७८ लाख १० हजार ४२१ राजश्व संकलन गरेको छ । 

 

कार्यालयका प्रमुख धनबहादुर केसीका अनुसार संकलित राजश्वमा राहदानीबाट एक करोड ७७ लाख, ६२ हजार ५००, मादक पदार्थ सेवनगरी सवारीसधान गर्नेबाट २४ हजार, हातहतियार नवीकरणबाट १९ हजार र विविधबाट चार हजार ९२१ राजश्व संकलन भएको हो । 

 

उनका अनुसार सो अवधिमा कार्यालयबाट तीन हजार २६३ जनाले राहादानी लिएकामा एक हजार बढी दु्रत सेवाबाट राहदानी बनाएका थिए । 

 

गत आर्थिक वर्षमा भने कार्यालयले एक करोड ७६ लाख आठ हजार ५००।– राजश्व संकलन गरेको थियो । उक्त कार्यालयको कार्यक्षेत्रमा तुलसीपुर उपमहानगरपालिका, पश्चिम दाङका शान्ति नगर, बबई र दंगीशरण गाउँपालिकाका पर्दछन् ।
 

एक करोड ७८ लाख १० हजार ४२१ राजश्व संकलन

विशेष