News

स्वास्थ्य मन्त्री र प्रदेशका मन्त्रीहरूबीच सामुहिक भेट

स्वास्थ्य मन्त्री र प्रदेशका मन्त्रीहरूबीच सामुहिक भेट

काठमाडाैं । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव र सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीबीच सामूहिक भेट भएको छ ।

 

शनिबार प्रदेशका मन्त्रीहरूले स्वास्थ्यमन्त्रीसँग भेट गर्ने योजना बनाएका थिए ।साेही याेजना अनुरूपकाे भेटमा मन्त्रीहरूबीच  स्वास्थ्य क्षेत्रको सुधार र प्रदेश केन्द्रबीचको समन्वयलाई कसरी सुदृढ बनाउने भन्ने विषयमा छलफल भएको स्रोतले बताएको छ । आइतबार रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयमा प्रदेशस्तरका मन्त्रीहरूले प्रदेशको समस्याबारे जानकारी गराएका थिए ।

 

त्यसैगरी केन्द्र र प्रदेशको कानुनमा समानता, नीति योजना तथा वजेट कार्यान्वयनमा सहजताको विषयमा पनि छलफल गरिएको सहभागी मन्त्रीहरू बताए ।

उपेन्द्र यादव उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री सामाजिक विकास मन्त्री

विशेष