News मुख्य समाचार

तरुण दलले गर्यो सरकार विरूद्द काठमाडाैंमा प्रर्दशन

तरुण दलले गर्यो सरकार विरूद्द काठमाडाैंमा प्रर्दशन


काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले काठमाडौं जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रर्दशन गरेको छ ।

 

संगठनका अध्यक्ष जीतजंग बस्नेतसहितका नेता, कार्यकर्तामाथि प्रहरीले कुटपीट गरेको विरोधमा आइतबार दलले प्रदर्शन गरेको हो । वरिष्ठ चिकित्सक गोविन्द केसीको समर्थनमा शनिबार गरिएको प्रदर्शनका क्रममा काठमाडौंको नयाँ बानेश्वरमा संगठनका अध्यक्ष बस्नेतसहितका एक दर्जन बढी नेता, कार्यकर्ता प्रहरीको कुटाइबाट घाइते भएका थिए ।

 

प्रदर्शनको क्रममा नेपाल तरुण दलले जिल्ला प्रशासन कार्यालयमार्फत् नागरिकको अधिकारमाथि दमन गर्ने सरकारको मुखमा ताला लगाउने भन्दै सरकारलाई ताल्चा बुझाएका थिए ।सरकार झन् झन् क्रुर भएको  भन्दै तरुण दलले विरोधस्वरुप काठमाडौंमा दैनिक प्रर्दशन गर्दै आएको छ । 


 

तरुण दल विरोध प्रर्दशन

विशेष