News शेयर

अाज पनि ११ अंकले घट्यो नेप्से

अाज पनि ११ अंकले घट्यो नेप्से

काठमाडौं । अधिकांश कम्पनीहरूको शेयर मूल्यमा आएको गिरावटले नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार ११ दशमलव ७३ अंकले कमी आएर ११ सय ८१ दशमलव ६६ मा ओर्लिएको छ ।

 

कारोबार सुरु भएदेखि बन्द हुँदासम्म नेप्से निरन्तर नकारात्मक रह्योे । फाइनान्स बाहेक सबै समूहका परिसूचकमा उच्च गिरावट आउँदा नेप्से दोहोरो अंकले घटेको हो ।  

 

‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक २ दशमलव ५६ अंकले घटेको छ । १६३ कम्पनीका ६ लाख ६१ हजार २६१ कित्ता शेयर खरिद बिक्री भएर २१ करोड १२ लाख १३ हजार रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

 

सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कमर्श बैंकको १० करोड ४२ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

नेप्से कारोबार

विशेष