News ताजा खबर

विज्ञप्ती जारी गर्दै कानूनमन्त्रीले मागे माफी

विज्ञप्ती जारी गर्दै कानूनमन्त्रीले मागे माफी

काठमाडाैं । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने नेपाली छात्राबारे दिएको आफ्नो अभिव्यक्तिमाथि माफी मागेका छन् ।

 

चारैतिरबाट आलोचना आउन थालेपछि कानूनमन्त्रीले आइतबार विज्ञप्ती जारी गर्दै  बंगलादेशमा अध्ययनरत र अध्ययन गरि फर्किएका छात्राहरूलाई पर्न गएको चोटप्रति माफी मागेका हुन् । मन्त्री तामाङले शुक्रबार एउटा स्कुलको कार्यक्रममा बगंलादेशमा डाक्टर पढ्न गएका नेपाली चेलीहरूले सर्टिफिकेट पाउन आफ्नो शरीर बेच्नुपर्ने अवस्था भएको उल्लेख गरेका थिए ।

 

उनको अभिव्यक्तिमाथि नेपाली काङ्ग्रेस, राप्रपा, लगायत नेकपाका नेताले समेत आपत्ति जनाएका थिए । मन्त्री तामाङले विज्ञप्तीमा क्षमा माग्दै भनेका छन्‘  उक्त दिनको भनाईले वंगलादेशमा अध्ययनरत र अध्ययन गरि फर्किएका छात्राहरूलाई पर्न गएको चोटप्रति क्षमा माग्न चाहन्छु ।

 

महिलाहरूको आत्मसम्मान, हिंसामुक्त समाज र महिला अस्मिताको रक्षामा मेरो सदैव प्रतिवद्धता र क्रियाशिलता रहिरहनेमा सबैलाई विश्वास दिलाउन चाहन्छु ।’

कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङ

विशेष