News ताजा खबर

  मेयरको सक्रियतामा मध्यभोटेकोशी आयोजनामा तालाबन्दी

  मेयरको सक्रियतामा मध्यभोटेकोशी आयोजनामा तालाबन्दी

काठमाडाैं । सिन्धुपाल्चोकमा स्थानियबासीले निर्माण भइरहेको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजना कार्यालयमा तालाबन्दी गरेका छन् । विभिन्न १२ बुँदे माग राख्दै साविकको लिस्ती, गाती, मार्मिङ, मानेश्वाँरा गाविसबाट आएका प्रभावित स्थानीयले नारा जुलुस गर्दै आयोजनाको कार्यालयमा तालबन्दी गरेका हुन् ।

 

आयोजना प्रभावित साविकको पाँच गाविसमा स्वास्थ्य चौकी, विद्यालयजस्ता भौतिक संरचना निर्माणमा चासो नदिएको भन्दै स्थानीयले तालाबन्दी गरिएको स्थानियले बताए । तालाबन्दी गर्नका लागि बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा लगायतका जनप्रतिनिधिहरू समेतको सक्रियता रहेको थियो ।

 

 मेयर शेर्पाले अनुसार आयोजकले मनलाग्दी गरी पेलेरै लान खोजेपछि स्थानिय प्रभावित भएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए । केही दिनअघि प्रभावित साविकको गाविसमा भौतिक निर्माणको काम गर्न मध्यभोटेकोशी आयोजनाले चार करोडको टेण्डर आहृवान गरेको थियो । तर दुई पक्षबिच झडप भएको भन्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले टेण्डर दर्ता रोक्न निर्देशन दिएका थिए ।

 

 मध्यभोटेकोशी जलविद्यत आयोजनाका आयोजना प्रमुख सुनिलकुमार लामाले भने यस क्षेत्रका सासंद,मन्त्री लगायत जनप्रतिनिधिहरु र स्थानीयसँग छलफलको माध्यमबाट समस्याकाे समाधान खाेज्ने बताएका छन्र । 

मध्यभोटेकोशी जलविद्युत

विशेष