विदेश मुख्य समाचार

इज्जतका लागि बुवाले छोरीलाई ज्यूँदै जलाए

इज्जतका लागि बुवाले छोरीलाई ज्यूँदै जलाए

शुरैह नियाजी /बीबीसी

भारतको मध्य प्रदेशको खण्डवा जिल्लामा एक युवतीलाई उनकै बुवाले जिउँदै जलाएका छन् । पुलिसका अनुसार इज्जतका लागि हत्याको यो मामलामा युवतीले आफ्नो परिवारको इच्छाबिना विवाह गर्ने सोच बनाएकी थिइन् ।

 

शुक्रबार १० वर्षीया युवती लक्ष्मी बाई आफ्ना प्रेमी राजकुमार लौवंशीको घर गएकी थिइन् । त्यहाँ लक्ष्मीलाई देखेर उनका पिता रिसाएर उनलाई घिसार्दै आफ्नो घर लगेको बताइएको छ  ।

 

पुलिसका अनुसार त्यसपछि उनका पिता सुन्दरलाल जाटव र दाइ राजेन्द्रले मट्टीतेल खन्याएर लक्ष्मीलाई आगो लगाइदिए । युवतीको घटनास्थलमा नै मृत्यु भयो । युवतीको बुवा र दाइ दुबैलाई पक्राउ गरिएको छ ।

पुलिस अधिक्षक रुचिवर्धन मिश्राले भने, ‘बुवा र दाइ दुबैलाई पक्राउ गरिसकिएको छ । हामीले घटनाको हरेक पक्षबाट अनुसन्धान गरिरहेका छौं । मानिसहरुको बयान लिदैछौं, त्यतिपछि मात्र थाहा हुन्छ कि के भएको थियो ।’

 

जानकारीका अनुसार युवती शुक्रबार खण्डवा कोर्टमा गएर विवाह गर्ने तयारीमा थिइन् । यसको जानकारी परिवारलाई भएको थियो जसका कारण यस्तो कदम उठाइयो ।

 

यस्तै युवतीकी आमा र केही छिमेकीले महिलाले आफै मट्टीतेल छर्किएर आत्महत्या गरेकी हुन् ।

 

युवतीकी आमा सुशिलाले भनिन्, ‘दुबै एक अर्कालाई प्रेम गर्दथे । त्यसकारण हामी उनीहरु विवाह गरुन् भन्ने चाहन्थ्यौं । उनीहरु अदालती विवाह गर्ने तयारीमा थिए । हामीले उनीहरुको परिवारसँग यसबारे कुरा गर्दा उनीहरुले छोरीको हत्या गरिदिने तर विवाह गर्न नदिने धम्की दिएका थिए । ’

भारत इज्जत

विशेष