News राजनीति

डा. बाबुराम भट्टराई आजबाट युरोप भ्रमणमा

डा. बाबुराम भट्टराई आजबाट युरोप भ्रमणमा

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई आज रुस भ्रमणमा जाँदै छन् । डा. भट्टराई प्राज्ञिक भ्रमणका लागि रुस जान लागेका हुन् ।

 

भ्रमणका क्रममा उनी रुस हुँदै युरोपका विभिन्न देशहरु (स्वीडेन, जर्मनी, बेल्जियम, फ्रान्स, इटली) पनि जाने बताइएको छ ।

 

साथै डा. भट्टाईले प्रवुद्ध मण्डल, चिन्तक, प्राध्यापक, विद्यार्थी तथा प्राज्ञिक व्यक्तित्वहरुसँग भेटघाट, अन्तरक्रिया तथ छलफल गर्नेछन् ।

 

आफ्नो ज्ञानको दायरा फराकिलो पार्न तथा आफ्नो अनुभव आदानप्रदान गर्न भ्रमण केन्द्रित हुने डा. भट्टराईले बताए ।

 

भ्रमणकै क्रममा उनी गैह्र आवासीय नेपाली संघको निमन्त्रणामा साउन १३ गतेदेखि लक्जमवर्गमा हुने गैह्र आवाशीय नेपाली संघको युरोपीय क्षेत्रीय वैठकमा पनि सहभागी हुनेछन् । 

डा. बाबुराम भट्टराई नयाँ शक्ति पार्टी रुस भ्रमण

विशेष