News

मन्त्रीले नै भन्न थाले, ‘नेपाली छात्राले शरिर बिक्री नगरेसम्म बंगलादेशमा डाक्टरीको सर्टिफिकेट नै पाउँदैनन्’ 

मन्त्रीले नै भन्न थाले, ‘नेपाली छात्राले शरिर बिक्री नगरेसम्म बंगलादेशमा डाक्टरीको सर्टिफिकेट नै पाउँदैनन्’ 

काठमाडौं । कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा एमबिबिएस उत्तीर्णको प्रमाणपत्र लिन नेपाली छात्राहरुले शरिर नै बिक्री गर्नु पर्ने बताएका छन् । 

 

मन्त्री तामाङले हालै एक विद्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो धारणा राखेका हुन् । उनले भनेका छन्, ‘बंगलादेशमा कोही पनि नेपाली छात्राहरु एमबिबिएस गर्न जान्छन् भने पास गरेको सर्टिफिकेट लिन कहिँ न कहिँ उनीहरुले आफूलाई बेच्नै पर्छ । हामी आफ्ना चेलीहरुलाई पढ्न विदेश पठाउँछौं, तर उनीहरुले आफ्नो शरिर सुम्पिनु परिरहेकोछ । यो कथा कति मार्मिक छ ? आफैं बुझौं ।’

 

मन्त्री तामाङको भाषण ओटिभी नेपाल नामक युट्युब च्यानलले शनिबार अपलोड गरेको छ । एक विद्यालयका छात्रछात्राहरुलाई शुभकामना दिन आयोजना गरिएको जस्तो देखिने कार्यक्रममा मन्त्री तामाङले यस्तो विवादास्पद धारणा राखेका हुन् । 

 

आफूले सुनेको तर साँचो कथा भन्दै उनले यो विषय बाहिर ल्याएका छन्  । यस्तै अभिव्यक्ति झापा बिर्तामोडका मेडिकल व्यापारी दुर्गा प्रसाईले पनि केही दिन अघि सार्वजनिक गरेका थिए । 
 

विशेष