तेह्रथुममा २६ द्वन्द्वपीडित परिवारले ५२ लाख राहत पाए
तेह्रथुम । १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा विस्थापित भएका तेह्रथुमका २६ परिवारले राहत पाएका छन् । द्वन्द्वकालमा बेपत्ता पारिएका, मृत्यु भएका र विस्थापित गरी २६ परिवारले रु ५२ लाख पाँच हजार सातसय रकम राहत पाएका छन् ।
जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको स्थानीय शान्ति समितिले रु ५२ लाख पाँच हजार सातसय राहतस्वरुप वितरण गरेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताएका छन् । जसमध्ये बेपत्ता पारिएका दुई परिवारलाई रु १४ लाख वितरण गरिएको छ ।
मृतकका परिवार छ जनालाई रु २३ लाख र विस्थापित हुने २० परिवारलाई रु १५ लाख पाँच हजार सातसय वितरण गरिएको स्थानीय शान्ति समिति तेह्रथुमका सचिव तुलसी रिमालले जान्कारी दिएका छन् ।
विगतमा राहत रकम प्राप्त गर्न छुटेका र अपुग रकम मात्रै लिएकाको आवेदन लिएर राहत वितरण गरिएको हो । जिल्लाका द्वन्द्वपीडितका लागि रु ६४ लाख बजेट उपलब्ध भएकोमा यो वर्ष तेह्रथुमका द्वन्द्वपीडितका लागि आएको रु ११ लाख ९५ हजार खर्च नभई फिर्ता गएको छ ।
तेह्रथुम राहत