News स्वास्थ्य

गर्मीमा हामीले मेकअप गर्दा ध्यान दिनुपर्छ, यसरी गर्नुहाेस् मेकअप

गर्मीमा हामीले मेकअप गर्दा ध्यान दिनुपर्छ, यसरी गर्नुहाेस् मेकअप

गर्मीमा हामीले मेकअप गर्दा ध्यान दिनुपर्छ । सौन्दर्यका लागि सुहाउँदो मेकअप र ड्रेसअप गर्नुपर्छ । छाला देखिने हुनाले यसको विशेष ख्याल गर्नुपर्छ । घाममा निस्कँदा छालालाई जोगाउन ‘सनग्लास’, ‘सन्सक्रिम’, ‘लोसन’ आदिको प्रयोग गर्नुपर्दछ । बजारमा कमसल वस्तुहरूको बिगबिगी भएकाले सचेतता अपनाउने गर्नुपर्छ ।

कमला श्रेष्ठ, ब्युटिसियन

गर्मीमा ज्यादै पसिना आउने हुनाले मेकअप जोगाउन विशेष ध्यान दिनुपर्छ । त्यसैले गर्मी मौसममा हल्का मेकअप गरेकै राम्रो । गर्मीयाममा शरीरसुहाउँदो पहिरन र मेकअप गर्नुपर्छ । हामीले सुन्दर देखिन मेकअप र ड्रेसअप गर्नुपर्छ ।

 

 

ड्रेसअनुसारको मेकअप गर्नुपर्छ । लाइट कलरको ड्रेसमा मेकअप पनि लाइट नै गर्दा राम्रो हुन्छ । सारी लगाउँदा लिपस्टिक डार्क, न्युड लगाउनुपर्छ । रेड, मरुन, डार्क पिंक, ओरेन्ज, रातो कलरको लिपस्टिक पनि राम्रो हुन्छ ।

 

मेकअपसँगै ड्रेसमा पनि विशेष ख्याल गर्नुपर्छ । गर्मीयाममा गुलाबी, हरियो, सेतोजस्ता उज्यालो रङका कपडा राम्रो हुन्छ । बजारमा कमसल वस्तुहरूको बिगबिगी भएकाले ब्रान्ड हेरेर मात्र प्रयोग गर्नु राम्रो हुन्छ ।

 

गर्मी मौसममा वाटरप्रुफ मेकअप सामग्री प्रयोग गर्नु राम्रो हुन्छ । किनकि, दिनभर हिँड्दा गर्मीले मेकअप बिग्रन पनि सक्छ । वाटरप्रुफ मेकअप बिग्रने सम्भावना निकै कम हुन्छ ।

 

बजारमा वाटरप्रुफ फाउन्डेसन, मस्कारा, लिपस्टिक, आइस्याडोलगायतका सामग्री पनि पाइन्छन् । नेचुरल आइल्यासेसको प्रयोग गर्दा राम्रो हुन्छ । आइल्यासेस सकेसम्म हेभी हुनुहुँदैन ।

 

मान्छेको आँखा सबैभन्दा पहिले अनुहारमा पर्ने भएकाले सिम्पल र सुहाउँदो मेकअप नै उपयुक्त हुन्छ । मेकअप गरेपछि मेकअप स्प्रे गर्न बिर्सनु हुँदैन । यसो गर्नाले लामो समयसम्म मेकअप टिकिरहन मद्दत पुग्छ ।

 

गर्मी मौसममा खुला कपला छोड्दा असहज हुन्छ । त्यसैले कपाल जुरो बनाएर शृंगार गर्न सकिन्छ । त्यसैगरी, कपाललाई अगाडितर्फ पफ बनाउँदा पनि राम्रो हुन्छ ।

मेकअप

विशेष