News विदेश

मोदीलाई अंकमाल गरेपछि चर्चामा राहुल

मोदीलाई अंकमाल गरेपछि चर्चामा राहुल

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई अंकमाल गरेपछि उनको भारतीय सञ्चारमाध्यमहरूमा चर्चा बढेको छ ।

 

भारतको तल्लो सदन लोकसभाको वर्षे अधिवेशनअन्तर्गतको बैठकमा गान्धीले मोदीलाई अप्रत्यासित रूपमा अंकमाल गरेका हुन् ।

 

भारतीय संसद्मा प्रधानमन्त्री मोदीविरुद्ध बिहीबार प्रतिपक्षी दल कंग्रेसले अविश्वासको प्रस्ताव दर्ता गराएको भोलिपल्ट राहुलले मोदीलाई अंकमाल गरेका थिए । संसद्लाई सम्बोधन गरेलगत्तै राहुलले प्रधानमन्त्रीलाई अंकमाल गरेका थिए ।

 

विपक्षी दल कंग्रेसले अविश्वासको प्रस्ताव दर्ता गरेपछि संसद्मा अवरोध गरेको थियो । सो अवरोधप्रति प्रधानमन्त्री मोदीले असन्तुष्टि जनाएका थिए ।

 

संसद्को वर्षे अधिवेशनले कानुन निर्माणदेखि अरू धेरै निर्णय गर्नुपर्ने भएकाले संसद् अवरोध गर्न नहुने प्रधानमन्त्री मोदीको जिकिर थियो । कुनै पनि राजनीतिक दलले उठाएका जुनसुकै विषयमा छलफल गरी समस्या समाधान निकाल्न सरकार तयार रहेको उनले बताएका थिए । एजेन्सी

नरेन्द्र मोदी राहुल गान्धी

विशेष