News Technology

इन्टरनेट स्याटेलाइट निर्माण गर्ने फेसबुककाे तयारी

इन्टरनेट स्याटेलाइट निर्माण गर्ने फेसबुककाे तयारी

एजेन्सी । फेसबुकले इन्टरनेट स्याटेलाइट निर्माण गर्ने भएको छ । वायर्डले जारी गरेको एफसिसी कागजातबाट फेसबुकले इन्टरनेट सेवा प्रदानका लागि स्याटेलाइट बनाउने योजना बनाएको स्रोतले खुलाएको छ । 

 

फेसबुकले अहिले इन्टरनेट सेवा नपुगेका र र्पुयाउन नसकिएका क्षेत्रलाई इन्टरनेट सेवा र्पुयाउने उद्देश्यले नयाँ स्याटेलाइट निर्माण गर्ने तयारीमा रहेको खुलेको हो ।फ्रिडम अफ इनफरमेशन एक्टको आग्रह अनुसार प्राप्त भएको कागजातमा फेसबुकेको यो तयारीबारे जानकारी भएको हो ।

 

सन् २०१६ र २०१८ को बिचमा एफसिसीका अधिकारी र फेसबुकका प्रतिनिधिबिच आदान प्रदान भएका इमेलमा योजना बारे जानकारी भएको हो ।यो वर्षको सुरुमा फेसबुकले इन्टरनेट स्याटेलाइट सुरु गर्न लागेको हल्ला चलेको थियो ।

 

फेसबुकले यसअघि नै एथेना स्याटेलाइट नामक सानो स्याटेलाइट योजना परीक्षणका लागि सुरु गरिसकेको छ । योपछि इन्टरनेट सेवा नपुगेका ठाउँका लागि लक्षित गरेर इन्टरनेट स्याटेलाइट निर्माण गर्ने पक्षमा फेसबुक रहेको छ ।
 

फेसबुक इन्टरनेट स्याटेलाइट

विशेष