मलेसिया जाने कामदारको श्रमस्वीकृति गर्ने सरकारकाे निर्णय
काठमाडाैं । सरकारले मलेसिया जान जेठ २ गतेसम्म प्रक्रिया पुरा भएका कामदारको श्रमस्वीकृति दिने निर्णय गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार विज्ञप्ती जारी गर्दै अन्तिम श्रम स्वीकृति बाँकी रहेका श्रमिकलाई मात्र अन्तिम श्रम स्वीकृति दिइने यवस्था मिलाइएको जनाएको छ । मन्त्रालयले गत जेठ ३ गतेदेखि मलेसिया जाने कामदारलाई आर्थिक भार थप्दै आएका विभिन्न संंस्था खारेज गर्ने निर्णय गरेसँगै त्यहाँ जाने कामदारको श्रमस्वीकृति दिने प्रक्रिया रोकिएको थियो ।
मन्त्रालयले मलेसिया जाने श्रमिकमाथि अनुचित असुली गरी विगतमा भएको ठगी अन्त्य गरी सहज प्रक्रियाबाट रोजगारीमा जाने व्यवस्था मिलाउन गम्भीर रहेको जनाएको छ । गैरकानूनी र अनुचित ढगले श्रमिकमाथि भएको शोषण बन्द गरी समाधान खोज्न विभिन्न माध्यमबाट पहल भइरहेको विज्ञप्तिमा उल्लेख छ ।