News

कांग्रेस अस्तित्व समाप्तिको दिशामा पुगेको छ : प्रचण्ड

कांग्रेस अस्तित्व समाप्तिको दिशामा पुगेको छ : प्रचण्ड

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेस अस्तित्व समाप्तिको दिशामा पुगेको बताएका छन् । 

 


नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले शोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले दुई तिहाइ समर्थन प्राप्त गरेको सरकारलाई काम गर्न नदिई कमजोर बनाउन खोज्नु भनेको आफ्नै अस्तित्व  समाप्त पार्न खोज्नु हो भन्दै कांग्रेसलाई आलोचना गरेका छन् । 

 

प्रचण्डले काँग्रेसले डा केसीलाई मारेर लाशको राजनीति गर्न चाहेको भन्दै आफूहरुलाई फुटाउने षड्यन्त्रमात्र गरिरहेको आरोप लगाए । अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई काँग्रेसले डा केसी अनशनका नाममा मास्न खोजेको हो कि भन्ने आशंका पैदा भएको जनाउँदै भने, ‘केसीले सबैभन्दा बढी लोकतान्त्रिक भनिएकै उहाँहरुको सरकारको पालामा अनशन गरेका छन् । अनि अहिले संसद्लाई निर्णय गर्न नदिएर केसीले जे भन्छन् त्यही गर्नुपर्छ भनेर काँग्रेस सभापति शेरबहादुर देउवाले किन भनेका हुन् ? कतै यो प्रतिक्रान्तिको तागत बढाउन खोजिएको त होइन ?’

 

दाहालले कम्युनिस्ट पार्टी झन् शक्तिशाली हुँदै आएको बताउँदै यो शक्तीलाई कसैले हल्लाउन नसक्ने दाबी समेत गरेका छन् । साथै नयाँ सरकारले समृछि र विकासको लागि नयाँ ढंगले कमद चालिरहेकाले अघिल्ला कमजोरीहरूलाई सुधार्दै अघि बढ्न लागेको उल्लेख गरेका छन् । 
 

नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड

विशेष