News मुख्य समाचार

अनसनको त्यान्द्रो समातेर कांग्रेसले राजनीति गर्यो : प्रधानमन्त्री अाेली

अनसनको त्यान्द्रो समातेर कांग्रेसले राजनीति गर्यो : प्रधानमन्त्री अाेली

काठमाडाैं । प्रधानमन्त्री के.पी शर्मा ओलीले नेपाली कांग्रेस र पूर्वप्रधानन्यायाधीश शुसिला कार्कीको कटु आलोचना गरेका छन् ।

 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवसमा बोल्दै प्रधानमन्त्री ओलीले कांग्रेसले अनसनरत डा. गोविन्द केसीको समर्थनमा सडकमा आन्दोलन मच्चाउनुलाई नालायक र लज्जास्पद कामको सज्ञां दिए ।

 

त्यसैगरी प्रधानन्यायाधीश शुसिला कार्कीजस्तोे सर्वोच्च निकायमा पुगेको व्यक्तिले निषेधाज्ञा तोड्न मिल्छ भनी गरेको प्रश्न अनुचित र  गैरजिम्मेवारपूर्ण भएको बताए । त्यसैगरी डा. केसीलाई अनशन तोडी वार्तामा आउन अनुरोध गर्दै स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो सुधार गर्नुपर्छ भन्ने बहसमा आउन र चिकित्सा शिक्षा आयोगको अध्यक्ष आफैं बन्न पनि आग्रह गरे ।

 

सरकार शान्तीको पक्षमा सदैव रहने भन्दै वुद्धिजीविहरूलाई आलोचनात्मक ढंगबाट प्रस्तुत हुनुभन्दा बहसको लागि तयारी हुनपनि अनुरोध गरे । नेपाली कांग्रेसले अनसनको त्यान्द्रो समातेर राजनीति गर्न खोजेर समाप्त हुने बाटो रोजेकाले सहानुभूती पनि प्रकट गरे । 

 

लोकतन्त्र ल्याउनका लागि आफूहरूले ठुलो संघर्ष गरेको भन्दै प्रधानमन्त्री ओलीले त्यसप्रतिको प्रतिवद्धतामा कतै शंका नगर्न समेत आग्रह  गरे । 
 

प्रधानमन्त्री के.पी शर्मा ओली

विशेष