दुई बालिकाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु

काठमाडाैं । चितवनकाे खैरहनी नगरपालिका–३ को लदरी खोलामा पौडी खेल्ने क्रममा दुई बालिकाको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका–३ का रवि विकका छोरीहरू १३ वर्षीया करुणा विक र १० वर्षीया रीया विकको लदरी खोलामा डुबेर मत्यु भएको चितवन प्रहरीले जनाएको छ । शोमबार दिउँसो १ बजे पौडी खेल्ने क्रममा खोलामा डुबेर बेहोस भएका उनीहरूको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो
। उनीहरूसँगै पौडी खेल्ने अर्की बालिका काठमाडौं इमाडोलकी १५ वर्षीया अस्मिता गौतमको भने जीवितै उद्धार गरेको छ । गौतमको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पौडी खैरहनी नगरपालिका