कानूनमन्त्री तामाङमाथी कारबाही गर्न माग
काठमाडौं । नेपलिज मेडिकल स्टुडेन्ट एसोसिएसन बंगलादेशले बंगलादेशमा हुने अध्ययन अध्यापनबारे सरकारको अधिकारिक धारणा तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
एसोसियसनका अध्यक्ष् नवीन यादवले सोेमबार एक विज्ञप्ती जारी गर्दै गलत टिप्पणी गर्नेहरू माथी तत्काल मुद्दा चलाउन र बंगलादेशमा हुने अध्ययन अध्यापनबारे सरकारको अधिकारिक धारणा सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । कानूनमन्त्री शेरबहादुर तामाङ र व्यवसायी दुर्गा प्रसाईले बंगलादेशमा डाक्टर पढ्न जाने छात्रा विद्यार्थीहरू माथी अशिष्ट, अमर्यादित र अराजक शैलीमा टिप्पणी गरेको भन्दै उनीहरूलाई कानूनी कठघरामा उभ्याउन माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ ‘पछिल्लो पटक बंगलादेशमा चिकित्साशास्त्र पढ्ने छात्राका लागि कानूनमन्त्री शेरबहादुर तामाङ र व्यवसायी दुर्गा प्रसाईले अत्यन्त अमर्यादित, अशिष्ट र अराजक शैलीमा गलत टिप्पणी गरेका छन् । यसबाट हामी अत्यन्तै मर्माहित भएका छौँ । ’
त्यसैगरी पूर्वमन्त्री गगन थापाले बंगलादेशको शैक्षिक गुणस्तर माथी अनर्गल टिप्पणी गरेर हतोत्साहित गरेको भन्द एसोसियसनले ै क्षोभ व्यक्त गरेको छ बंगलादेशमा पढ्न गएका विद्यार्थी छात्राहरूको आत्मसम्मानमा चोट परेको कारण उनीहरूले न्यायको दिलाउनु सरकारको कर्तब्य भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
केही दिनअघी कानूनमन्त्री शेरबहादुर तामाङ र व्यवसायी दुर्गा प्रसाईले बंगलादेशमा चिकित्साशास्त्र पढ्ने विद्यार्थी छात्राहरूले प्रमाणपत्र प्राप्त गर्नका लागि आफूलाई बेच्नुपरेको टिप्पणी गरेका थिए ।