प्रदेश नं ७ प्रदेशसभाको बैठक स्थगित

काठमाडाैं । प्रदेश नं ७ प्रदेशसभाको आजको बैठक स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अवरुद्ध गर्ने बताएपछि सोमबार दिउँसो ३ बजे तय भएको बैठक स्थगित गर्नुपरेको बताइएको छ । अब अर्को सूचना जारी नभएसम्म बैठक सुचारु नहुने स्रोतले बताएको छ ।
यसअघि शुक्रबारको प्रदेशसभाको बैठक पनि प्रतिपक्षी काँग्रेसको अवरोधका कारण स्थगित भएको थियो ।