News

प्रचण्डलाई कांग्रेसको जवाफ, ‘लासको राजनीति गरेको आरोप लगाउनु दुःखद छ’

प्रचण्डलाई कांग्रेसको जवाफ, ‘लासको राजनीति गरेको आरोप लगाउनु दुःखद छ’


काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीका  शिर्ष नेता र प्रतीपक्षी दल नेपाली कांग्रेसबीच आज दोहोरी चलेको छ ।

 

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा सचिवालयले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसप्रति कटु आलोचना गरेका थिए । डा. केसीको त्यान्द्रो समाएर राजनीति गरेको भनेर कांग्रेसलाई गरेको टिप्पणीप्रति कांग्रेसले आपत्ति जनाएको छ ।

 

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै दम्भयुक्त अभिव्यक्ति नदिन प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका छन् । त्यसैगरी अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसले केसीलाई मारेर लाशको राजनीति गर्न खोजेको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई आलाचना गर्दै कांग्रेसले विज्ञप्तिमा भनेको छ ‘संसदलाई समेत छलेर सडकमा दमनको अस्त्र प्रयोग गर्ने सरकारलाई सच्चिनका लागि दबाव दिनुपर्नेमा उल्टै नेता दाहालले कांग्रेसमाथि लासको राजनीति गरेको आरोप लगाउनु दुःखद छ ।’ 

 

कांग्रसले प्रधानमन्त्रीको पदको उचाई अनुरुपको स्वभनीय अभिव्यक्ति विल्कुलै होइन भन्दै प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति खेद जनाएको छ । कांग्रेस सरकारमा हुँदा डा.केसीको मागलाई सम्बोधन गरेको र अहिलेको समस्या यही सरकारले नै निम्त्याउन उद्धत भएकोमा यसप्रति ध्यानाकर्षण गर्न कांग्रेसले सरकारलाई सुझाव दिएको छ । 

नेपाल कम्युनिस्ट पार्टी नेपाली काँग्रेस

विशेष