विदेशी टेलिभिजन च्यानललाइ कडाइ, शुल्क ५० हजारबाट बढेर ७ लाख
काठमाडाैं । मुल्य अभिबृद्धि करका कारण ईन्टरनेटको शुल्क महँगिएको एक साता नबित्दै सरकारले विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढाएको छ ।
विदेशी च्यानलमा लिइँदै आएको शुल्क बढेका कारण टेलिभिजनका ग्राहकको मुल्य महँगो हुने भएको हो ।
सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले साउन १ गते राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा रहेका केही अनुसुची हेरफेर गरेर राजपत्रमा सुचना प्रकाशित गरेको छ ।
राजपत्रमा प्रकाशित नयाँ नियमावलीअनुसार सरकारले टेलिभिजन डाउनलिंकका लागि यसअघि लिँदै आएको शुल्कमा बृद्धि गरेको हो ।
– अन्नपुर्ण पोष्टबाट