News

भाइकिङ, तारा एयरकाे नयाँ विमान काठमाडाैंमा अवतरण

भाइकिङ, तारा एयरकाे नयाँ विमान काठमाडाैंमा अवतरण

काठमाडाैं । दुर्गम क्षेत्रमा उडान गर्दै आएको तारा एयरले भाइकिङ विमान खरिद गरेको छ । १९ सिट क्षमताको डिइचसी ६–४०० सिरिजको ट्वीनअटर विमानबाट लुक्ला, डोल्पा, रारा लगायतका दुर्गम क्षेत्र उडान गरिने तारा एयरले जनाएको छ ।

 

भाइकिङ विमान ट्वीनअटरको नयाँ सिरिज हो । ९ एन–एएलओ कलसाइन भएको विमान शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

 

यो विमान वरिष्ठ क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, पवनसिंह नगरकोटी र इन्जिनियर जगत लामाको प्राविधिक टाेलीकाे सहयोगमा नेपाल ल्याइएको हो ।

तारा एयर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

विशेष