News राजनीति

सरकारले जनताको चाहनाअनुसार सुशासन दिन सकेन : माधव नेपाल

सरकारले जनताको चाहनाअनुसार सुशासन दिन सकेन : माधव नेपाल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट सरकारले जनताको चाहनाअनुसार सुशासन दिन नसकेको भनी गुनासो व्यक्त गरेका छन् ।

 

 नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले भ्रष्ट्रचारको रोग कम्युनिष्टहरूमा नै देखा परेकोको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

 

नेता नेपालले स्थानिय तहको धेरै स्थानमा पार्टीको जित भएपनि अधिकाशं तहमा भ्रष्ट्राचार भइरहेको धारणा राखे ।

 

 अब पार्टीले गाउँदेखि प्रदेश र केन्द्रसम्म सुशासनको अनुभूति दिलाउन सक्नुपर्ने वरिष्ठ नेता नेपालले बताए ।
 

माधवकुमार नेपाल नेपाल कम्युनिष्ट पार्टी

विशेष