News मुख्य समाचार

डा. केसीको माग जनहित विपरीत भएकाे मूख्यमन्त्री पाेखरेलकाे बुझाइ

डा. केसीको माग जनहित विपरीत भएकाे मूख्यमन्त्री पाेखरेलकाे बुझाइ


काठमाडाैं । नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले अनशनरत डा. गोविन्द केसीको आन्दोलन जनताको हित विपरित भएको बताएका छन् ।

 

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४० औंँ स्मृति दिवसका अवसरमा पार्टी रुपन्देही क्षेत्र नं २ ले आज आयोजना गरेको स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले केसीको मागलाई लिएर सडकमा आन्दोलन गर्नु अनावश्यक रहेको दाबी गरे । बहुमत प्राप्त बलियो कम्युनिस्ट सरकारलाई कमजोर बनाउने चलखेल कांग्रेसले गरेको र केसीको मागको बहानामा सरकार ढाल्न खोजेको भन्दै आन्दोलनको आलोचना गरे ।

 

सरकारले यातायात क्षेत्रको सिण्डिकेट, काम नगर्ने ठेकेदारमाथिको कारवाही, वैदेशिक रोजगारीमा पठाउने एकलौटी व्यवहारको अन्त्य, गैरसरकारी संघसंस्था र दाताबाट आउने रकमको व्यवस्थापनलगायतका क्षेत्रमा  सुधार ल्याउन खोजेकाले विकासमा बाधा पु¥याउने मनसाय लिएर कांग्रेस उत्रिएको दाबी गरे ।

 

उनले भने,  ‘विगतमा काँग्रेसकै नीतिका कारण शिक्षा र स्वास्थ्यमा निजी क्षेत्रको लगानी भएको थियो । विगतमा शिक्षा र स्वास्थ्यमा लगानी गराउन उत्प्रेरित गर्ने काँगे्रसले  अहिले सडकमा आन्दोलन गर्नु अनुपयुक्त छ । ’पोखरेलले काठमाडाँैमा अब मेडिकल खोल्नु हुँदैन भन्ने डा. केसीको माग मनमोहन कलेजका विरुद्ध भएको पनि आरोप  लगाए ।

 

 मुख्यमन्त्री पोखरेलले सरकारको अभियानलाई सार्थक बनाउन र तीन वर्षभित्र जनताले अनुभूति गर्ने गरी परिवर्तन गर्न पार्टी संगठन र कार्यकर्तालाई विकास र समृद्धिको अभियानमा लाग्न आह्वान गरे । 


 
 

शंकर पोखरेल

विशेष