News अपराध सुरक्षा

झुण्डिएको अवस्थामा एक सञ्चारकर्मी भेटिए

झुण्डिएको अवस्थामा  एक सञ्चारकर्मी भेटिए

काठमाडाैं । झुण्डिएको अवस्थामा गुल्मीका एक सञ्चारकर्मी भेटिएका छन् । मंगलबार बिहान शर्मा रुरु गाउँपालिका–४, वम्घास्थित सञ्चारकर्मी कृष्ण शर्मा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

 

गुल्मीको रेडियो रेसुङ्गा, स्काई एफएम, वम्घाको ऋषिकेश एफएम र त्यसअघि पाल्पाका विभिन्न रेडियोहरुमा काम गरेका ३६ वर्षीय शर्माले पछिल्लो समय  स्याङ्जाको आँधीखोला एफएममा गर्दे आएका थिए । 

 

रिडी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भीमबहादुर कार्कीका अनुसार उनले लेखेको सुसाइड नोटमा उनले कुनै प्रेमसम्बन्धका कारण ज्यान गुमाएको शंका गरिएको छ ।
 

गुल्मी सञ्चारकर्मी कृष्ण शर्मा

विशेष