News समाज देश

तीन अर्बको हाराहारीमा राजश्व संकलन

तीन अर्बको हाराहारीमा राजश्व संकलन

भद्रपुर । मेची भन्सार कार्यालय काँकडभिट्टाले आर्थिक वर्ष २०७४/ ७५ मा अघिल्लो आ.व भन्दा बढी राजश्व असुली गरेको छ । यस आ.वमा तीन अर्ब ६६ करोड ९२ हजार बढीले राजश्व संकलन गरेको छ । 


कार्यालयका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालका अनुसार आव २०७४/ ७५ मा रु १० अर्ब १८ करोड २७ लाख दुई हजार राजश्व असुली भएको छ । 
आ.व २०७३/ ७४ मा रु छ अर्ब ५२ करोड २६ लाख १० हजार राजश्व असुली भएको थियो । अघिल्लो आवको तुलनामा आव २०७४/ ७५ मा मेची भन्सार कार्यालयले ५६ प्रतिशत बढी राजश्व संकलन गरेको छ । 

 

वर्तमान सरकारले मूल्याङ्कनमा गरेको सुधार, भन्सार प्रशासन आफँैले गरेको सुधारात्मक कार्य तथा पेट्राेलियम पदार्थको आयातमा भएको वृद्धिका कारण राजश्व असुलीमा वृद्धि भएको अर्याल बताउछन् । आ‍.व २०७४/ ७५ मा वार्षिक लक्ष्यको तुलनामा ११०.८१ प्रतिशत राजश्व असुली गरेको छ । यस भन्सारबाट दैनिक औसत तीन करोड राजश्व असुली हुँदै आएको छ । 

राजश्व संकलन मेची भन्सार कार्यालय

विशेष