News विदेश

ग्रीसमा लागेको आगोले ६० भन्दा बढीको ज्यान लियाे

ग्रीसमा लागेको आगोले ६० भन्दा बढीको ज्यान लियाे


काठमाडाैं । ग्रीसको एथेन्स शहर नजिकैको अट्टिका क्षेत्रको जंगलमा लागेको आगोले ६० जनाभन्दा बढीको ज्यान लिएको छ । आगलागीबाट ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अधिकारीले बताएका छन् ।

 

बिबिसीका अनुसार आगाले मटी नाम गरेको गाउयँ पुरै ध्यस्त गरेको छ । त्यसै ठाउँमा उद्वारकर्मीहरूले २६ जनाको शव भेटाएका छन् । उद्धारकर्ताहरुले एक अर्कालाई अंकमाल गर्दै गरेका शवहरु भेटिएको जनाइएको छ । हजारौं अग्नी नियन्त्रकहरुले आगो निभाउने प्रयास गरिरहेका छन् । अधिकारीहरुले अन्तर्रा्ष्ट्रिय सहयोग खोजिरहेको बताइएको छ । प्रधानमन्त्री एलेक्सीस सिप्रासले आगोबाट हुनसक्ने क्षति कम गर्ने प्रयास भैरहेको बताउनुभएको छ ।

 

अधिकारीहरुका अनुसार १ सय ५० भन्दा धेरै जना घाइते भएका छन् । आगलागीले भौतिक संरचना, यातायात र घरहरु नष्ट बनाएको छ । आगो निभाउने प्रयास भइरहे पनि निभाउन अझै समस्या भएको बताइएको छ ।आगो के कारणले लाग्यो भन्ने अझै खुल्न सकेको छैन । आगोबाट अति प्रभावित क्षेत्रमा जहाजबाट पानी फाल्ने काम भैरहेको अधिकारीलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।
एथेन्स महानगरपालिकाले संकटकालको घोषणा गरेको छ ।

 

साइप्रस र स्पेनले सहयोगको घोषणा गरेका छन् ।अधिकारीहरुले ड्रोनको सहायताले शंकास्पद क्रियाकलापको निरीक्षण गरिरहेको बताएका छन् । मटीमा सन् २००७ मा पनि यस्तै आगलागी हुँदा दजनौंले ज्यान गुमाएका थिए । एजेन्सी
 

एथेन्स शहर

विशेष