कल बाइपासको धन्दामा संलग्न दुई नेपाली पक्राउ
काठमाडाै । अन्तर्रा्ष्ट्रिय कल बाइपासको अवैध धन्दामा संलग्न दुई नेपाली एजेन्ट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चितवन र चन्द्रागिरीमा छापा मारेर रुपन्देहीको तिलोत्तमा–११ का ३१ वर्षीय विजय गुरुङ र चितवनको भरतपुर–१६ का २२ वर्षीय सुनिल अधिकारीलाई पक्राउ गरिएको हो ।
अनुसन्धानबाट कल बाइपासको मुख्य अभियुक्त बंगलादेशमा रहेको खुलेको प्रहरीले जनाएको छ । दुई अभियुक्तलाई भने भरतपुर–१०, चारतले चोकस्थित नारायण पौडेलको घरमा छापा मारेर भीओआईपीमा प्रयोग हुने विभिन्न सामग्रीसहित पक्राउ गरिएको ब्यूरोका एसपी कृष्णहरि शर्माले बताए । पक्राउ परेका गुरुङले काठमाडौंको चन्द्रागिरी–५ स्थित हाई भिजन कोलोनीस्थित नारायण श्रेष्ठको घरमा जीओआईपी राखेको खुलेपछि त्यहाँ पनि सीआईबीले छापा मारेको जनाइएको छ ।
‘चितवनमा चलाइएको अपरेशनबाट १ सय २८ र ६४ पोर्टको भीओआईपी सीम बक्स, एयरटेलको फोरजी राउटर, टिपीलिंक राउटर लगायत बरामद भएको छ’, शर्माले भने, ‘चन्द्रगिरीबाट भने ६४ पोर्टको जीओआईपी गेटवे र त्यसको चार्जरसहितका अन्य सामग्री बरामद भएको छ ।’त्यसैगरी मुख्य अभियुक्त भने बंगलादेशको पन्चगढ, मिर्जापुरका अन्दाजी ३३र ३४ वर्षको मिर्जा शाहिर आलम तुर्जौ रहेको अनुसन्धानबाट खुलेको छ ।
अधिकारीहरुको भनाइ अनुसार उनले भीओआईपीको मुख्य सर्भर समेत ढाकामै राखेर अवैध धन्दा चलाउने गरिएका बताएका छन् ।
कल बाइपास