News देश

सरकार र डा. गोविन्द केसीबीचकाे वार्ता सुरू

सरकार र  डा. गोविन्द केसीबीचकाे वार्ता सुरू


काठमाडाैं । सरकारले आमरण अनसनरत डा. गोविन्द केसीसँग वार्ता सुरु गरेको छ । नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङको पहलपछि सरकारी र डा. केसीको वार्ता टोलीबीच औपचारिक सम्वाद सुरु भएको हो ।

 

केदारभक्त माथेमा र मेडिकल काउन्सिलका धर्मकान्त बास्कोटासँग छलफल गरेपछि नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । शिक्षा मन्त्रालयमा भएको वार्तामा डा. केसीको तर्फबाट जीवन क्षेत्री, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, अभिषेकराज सिंह र सुमित पाण्डे गएका छन् ।डा. केसीकाे वार्ता टोलीले संशोधन गर्नुपर्ने कुरा लिखित दिएको छ ।

 

लिखित बुँदामा १० वर्षे प्रतिबन्ध, ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिनुपर्ने लगायतका मागहरू रहेका छन् । 
सरकारी वार्ता टोलीलाई विधेयकका विषयबस्तुमा छलफल गर्ने अधिकार दिइएको छ ।
 

गोविन्द केसी सुवास नेम्वाङ

विशेष