भरतपुरमा अन्तर्रा्ष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण हुने
काठमाडाैं । भरतपुर महानगरपालिकामा अन्तर्रा्ष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण हुने भएको छ ।धुर्मुस सुन्तली फाउण्डेशन र भरतपुर महानगरपालिकाको सहकार्यमा अन्तर्रा्ष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्न थालिएको छ ।
कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरमा रहेको जग्गामा रंगशाला निर्माणका लागि गृहकार्य थालिएको महानगरका प्रमुख रेनु दाहालले बताइन् । विश्वविद्यालयलाई भरतपुर– १८ स्थित सार्वजनिक जग्गा सट्टाभर्ना गरेर रामपुरमा विश्वविद्यालयसँग क्रिकेट रंगशालाका लागि आवश्यक पर्ने जग्गा लिन लागिएको छ ।नगर प्रमुख दाहालले फाउण्डेशनका तर्फबाट छिटोजग्गाको टुंगो लगाउन ताकेता भइरहेको जानकारी दिँदै मंगलबार रामपुरको जग्गा नापजाँच गर्ने काम भएको बताइन् । ‘फाउण्डेशनले छिटो ठाउँ दिनुर्पयो भनेर ताकेता गरिरहेको छ ।
कार्य्विधि बनाएर काम अगाडि बढाइएको छ’ उनले भनिन् नगर प्रमुख दाहालका अनुसार झण्डै तीन अर्ब रुपैयाँको लगानीमा अन्तर्रा्ष्ट्रियस्तरको रंगशाला बन्नेछ जसका लागि २५० मिटर चौडाइ र ५५० मिटर लम्बाइ भएको एउटै जग्गा आवश्यक पर्छ । महानगरका अन्य क्षेत्रमा रहेको सार्वजनिक जग्गा आवश्यक लम्बाइ चौडाइ मिल्ने गरी नभएपछि विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण गर्न लागिएको हो ।
त्रिविले विश्वविद्यालयको परिसरमा रहेको जग्गामध्ये ४० बिघामा इञ्जिनियरिङ कलेज सञ्चालन गर्दैछ । सँगै रहेको जग्गामा रंगशाला निर्माण प्रक्रिया अगाडि बढाइएको छ । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले महानगरले सट्टा जग्गा दिने गरी रंगशालाको प्रस्ताव गरेको बताए ।
महानगरले जग्गा दिने ठाउँमा भैंसी प्रजनन केन्द्र स्थापना गर्ने तयारी विश्वविद्यालयले गरेको छ । ढकालले चितवनमा रंगशाला निर्माण गर्दा यहाँको विकासमा ठूलो टेवा पुग्ने बताए ।