News

बालुवाटारमा माग्यो नेविसंघले कानुनमन्त्रीको राजीनामा

बालुवाटारमा माग्यो नेविसंघले कानुनमन्त्रीको राजीनामा

काठमाडौं ।कानुनमन्त्री शेरबहादुर तामाङको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको निवास बालुवाटरमा विरोध प्रदर्शन गरेको छ । 

 

बंगलादेशमा चिकित्सा शात्र अध्ययन गर्ने छात्रबारे अमर्यादित अभिव्यक्ति दिएको भन्दै संघले मंगलबार बिहान प्रदर्शन गरेको हो । नेविसंघका  महामन्त्री कुन्द राज काफ्लेको नेतृत्वमा धर्ना कार्यक्रममा आयोजना गरिएको थियो । विरोध कार्यक्रममा केहि विद्यार्थी नेताहरुले सम्बोधन समेत गरेका थिए । 

 

यसैबीच कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीले निर्देशन दिएको छ । मन्त्री तामाङले आज दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिने भनिएको छ । 

शेरबहादुर तामाङ बालुवाटर

विशेष