विदेश मुख्य समाचार

ग्रिसमा भीषण आगलागी : मृत्यु हुनेको संख्या ५० पुग्यो, अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल

ग्रिसमा भीषण आगलागी : मृत्यु हुनेको संख्या ५० पुग्यो, अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल

ग्रिसको जंगलमा भएको आगलागीका कारण ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । एक दशक यताकै भीषण आगलागी भएको हो । एक सय भन्दा धेरै घाइते भएका छन् ।

 

रेड क्रसका अनुसार मातीमा रहेको समुद्री किनारको भिल्लामा २६ शरीर भेटिएको छ । यस्तै सरकारी अधिकारीले २४ जनाको ज्यान गएको पुष्टि गरेको थियो । समुद्री किनारमा रहेको मानिसलाई उद्धार गर्नका लागि उद्धारकर्मीले बोट र हेलिकप्टर प्रयोग गरेका छन् ।

 

ग्रिसले आगलागी नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । राजधानी एथेन्स नजिक रहेका जंगलसहितका क्षेत्रमा भीषण आगलागी भएको हो । आगो नियन्त्रणमा लिने प्रयासमा सयौँ अग्निनियन्त्रक खटिएका छन् ।

 

मानिसले आफ्नो घर छोडेर सुरक्षित स्थानमा लागेका छन् । ग्रिसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले आगो नियन्त्रणका लागि मानवीय रुपमा सम्भव भएका सबै प्रयास आफूहरुले गरिरहेको बताएका छन् । उनले आगलागीले भीषण रुप लिएपछि बोसनियाको निर्धारित औपचारिक भ्रमण रद्द गरेको छन् ।

 

आगो नियन्त्रणमा लिन निकै गठीन रहेको अग्निनियन्त्रकले बताएका छन् । ज्यान गुमाउनेमा राजधानी एथेन्सबाट ४० किलोमिटर उत्तर–पूर्वमा समुद्र किनारमा रहेको मातीको रिसोर्टमा फसेकाहरु रहेका छन् । उनीहरु कि कार कि घरमै मरेका हुन् ।

आगलागी उद्धार

विशेष