News अन्तरवार्ता भिडियो

‘डा. केसीका लागि नांगै खुट्टा हिँडेर पशुपतिनाथसँग प्रार्थना गरेँ’ (भिडियोसहित)

‘डा. केसीका लागि नांगै खुट्टा हिँडेर पशुपतिनाथसँग प्रार्थना गरेँ’ (भिडियोसहित)

काठमाडौं । डा. गोविन्द केसीको आमरण अनशनप्रति ऐक्यबद्धता जनाउन राजधानीको महादेव पार्वती देवलको पटागिंनीमा विगत केही दिनदेखि सुरु गरिएको सामूहिक नागरिक सत्याग्रह स्थल सबैको पीडा पोख्ने स्थल बनेको छ । 


सामूहिक नागरिक सत्याग्रह स्थलमा राजनीतिक कार्यकर्ता, समाजसेवी, सर्वसाधारण, बयोवृद्ध नागरिकलगायत बालबालिका समेतको सहभागिता रहेको छ ।


सामूहिक नागरिक सत्याग्रह कार्यक्रम सोलिड्यारिटी फर डा. गोविन्द केसी अलाइन्सले आयोजना गरेको हो । 



सत्याग्रह स्थलमा डा. केसीको माग शीघ्र पूरा होस् भन्नका लागि नांगै खुट्टा हिँडेर पशुपतिनाथ मन्दिरमा गएर प्रार्थना गरिएको र कानुनमन्त्री शेरबहादुर तामाङले बंगलादेशमा पढ्न गएका नेपाली छात्राका विषयमा बोलेका  अमर्यादित वक्तव्यको भत्र्सना गर्ने महिलादेखि न्याय, निसाफ नपाएको गुनासोसहित सत्याग्रहका लागि आएको भन्ने अभिव्यक्ति दिने बयोवृद्धसम्मको सहभागिता रहेको छ । त्यस्तै कक्षा ६ मा पढ्ने सिर्जना पराजुली बालिकाको समेत सहभागिता छ । 


सत्याग्रह स्थलमा सोमबार भेटिएका विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापा, वृद्धा जुलिएन रिसाल, रामनाम गेरु वस्त्रधारी शालिकराम गैह्रे, अम्बिका कार्की, उपेन्द्र कुइँकेललगायतले एक स्वरमा भने्, डा. केसीले उठाएका चिकित्सा शास्त्रसम्बन्धी माग अत्यन्त जायज भएको र सरकार कुनै मेडिकल माफियाको चंगुलमा नपरेर सर्वसाधारण जनताका छोराछोरीले सर्वसुलभ रूपमा एमबिबिएस पढ्नका लागि उचित वातावरण बनाउनुपर्छ । डा. केसीको माग पूरा गरेर उनको जीवन रक्षा गर्नुपर्ने सत्याग्रहीहरूको भनाइ रहेको छ ।      

डा. गोविन्द केसी

विशेष