News प्रवास

बेलायतका नेपाली चिकित्सकहरूले भने हामी पनि डा. केसीको समर्थनमा छाैं

बेलायतका नेपाली चिकित्सकहरूले भने हामी पनि डा. केसीको समर्थनमा छाैं

लन्डन । नेप्लिज डक्टर्स असोसिएसन यूकेले चिकित्सा शिक्षा सुधारको माग गर्दै २५ दिनदेखि अनशनरत चिकित्सक डा. गोविन्द केसीको समर्थनमा ऐक्यवद्धता जाहेर गरेको छ ।

 

एशोसिएसनले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारलाई केसीको स्वास्थ्यप्रति गम्भीर हुन र समस्या यथाशक्य छिटो समाधान गर्न पनि आग्रह गरेको छ ।

 

नेपालमा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवासँगै स्वास्थ्य शिक्षा र तालिम सुधारका लागि नेप्लिज मेडिकल असोसिएसनसँगआफ्नो ऐक्यबद्धता रहेको समेत डक्टर्स एशोसिएसनले जनाएको छ ।

 

चिकित्सा क्षेत्रको सुधारका लागि पटकपटक अनशन बस्दै आएका डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।
 

डा. गोविन्द केसी

विशेष