News विदेश

जापानमा तातो हावाका कारण ६५ जनाको मृत्यु, प्राकृतिक विपत्तिको घोषणा

जापानमा तातो हावाका कारण ६५ जनाको मृत्यु, प्राकृतिक विपत्तिको घोषणा

जापान  । जापानमा गएको दुई हप्तादेखि गर्मी बढेको छ । लगातार बढेको गर्मीका कारण तातो हावा (लु) चल्दा कम्तिमा ६५ जनाको ज्यान गएको जापानको मौसम विभागले जनाएको छ ।

 

मौसम विभागले अहिले चलेको तातो हावालाई प्राकृतिक विपत्ति घोषणा गरेको छ । केही क्षेत्रका आँकलन गर्नै नसकिने गरी बढेको मौसम विभागले बताएको छ ।

 

तातो हावाका कारण २२ हजार भन्दा धेरै मानिस बिरामी भएका छन् । अस्पताल भर्ना हुनेमा आधा जति जेष्ठ नागरिक छन् । तातो हावा चल्ने क्रममा तत्काल चल्न रोकिने सम्भावना नदेखिएको मौसमविदले बताएका छन् ।

 

सोमबार कुमागाया शहरको तापक्रम ४१.१ डिग्री सेल्सियस मापन गरिएको थियो, जुन जापानमा अहिलेसम्मकै उच्च हो ।

 

यस्तै टोकियोको तापक्रम ४० डिग्री मापन गरिएको र यो पनि अहिलेसम्मकै उच्च रहेको मौसमविदले बताएका छन् । अगस्टको सुरुसम्म नै तापक्रम ३५ डिग्री वा त्यो भन्दा माथि पुग्ने चेतावनी जापानको मौसम विभागले दिएको छ ।

तातो हावा मौसम विभाग

विशेष