News Breaking News

कानुनमन्त्री तामाङद्वारा राजीनामा दिँदै आँशु झारे 

कानुनमन्त्री तामाङद्वारा राजीनामा दिँदै आँशु झारे 

काठमाडौं । बंगलादेशमा पढ्न गएका नेपाली छात्राहरूका विषयमा अमर्यादित एवं विवादास्पद अभिव्यक्ति दिएर आलोचित बनेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । 


कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पदबाट आफूले राजीनामा दिएको जानकारी दिए ।

 

मन्त्री तामाङको अमर्यादित अभिव्यक्तिपछि सामाजिक सञ्जालमा आलोचना बढ्दै गएपछि उनले विज्ञप्ति जारी गर्दै नेपाली छात्राहरूलाई पर्न गएको चोटप्रति क्षमायाचना गरेका  थिए ।

 

पत्रकार सम्मेलनमा मन्त्री तामाङले राजीनाबारे बोलिरहँदा उनको गला अवरुद्ध र आँखाबाट आँशु झारेका थिए । 


उनले आफू गरिब पृष्ठभूमिबाट राजनीतिमा आएको बताउँदै आफूविरुद्ध प्रचार गरिएको प्रतिरक्षा गरे । उनले नेपाली नारी अस्मिताको विषयमा आफू गम्भीर भएको बताए ।

 

मन्त्री तामाङले पत्रकार सम्मेलनमा आफू मन्त्री हुँदा गरेका कामको चर्चा गर्न बिर्सेनन् । 
 

शेरबहादुर तामाङ

विशेष