बजेट सार्वजनिक नहुँदा सबै काम ठप्प
काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७५-२०७६ को बजेट सार्वजनिक गरेको दुई साता बितिसक्दा पनि आफ्ना मातहतका निकायलाई बजेट उपलब्ध नगराउदा सबै काम ठप्प भएको छ ।
बजेट सार्वजनिक हुन नसक्दा सबै विभाग, महाशाखा र योजनाका काम ठप्प भएको छ ।
गएको असार २७ गते महानगरको तेश्रो अधिवेशनको दोश्रो नगरसभामा कामपाले ७ वटा विषयगत क्षेत्रमा १३ अर्व २ करोड १२ लाख ३७ हजार रुपियाको बजेट सार्वजनिक गरेको थियो ।
नगर सभामा सार्वजनिक भएको बैठक महानगरका विभागमा पुग्न नसक्दा योजना कार्यान्वयन गर्नमा गम्भीर समस्या उत्पन्न भएको छ । योजना स्वीकृत गर्न फाइल आउछन, कुन शीर्षकमा कति बजेट परेको छ जानकारी नै छैन–एक विभागीय प्रमुखले भने । - नेपाल समाचारपत्रबाट ।
काठमाडौँ महानगरपालिका बजेट सार्वजनिक