अक्सिजनको मूल्यवृद्धि फिर्ता

काठमाडौं । बिरामीले प्रयोग गर्ने अक्सिजनमा गरिएको १ सय २५ प्रतिशतसम्मको मूल्यवृद्धि अन्ततः फिर्ता भएको छ । आजको कारोबारमा समाचार छापिएको छ ।
गृह मन्त्रालयले पक्राउ गरी कालोबजारी ऐनअन्तर्गत कारबाही र कम्पनी खारेज गर्नेसम्मको चेतावनी दिएपछि १० अक्सिजन ग्यास उत्पादक कम्पनीहरु मूल्यवृद्धि गर्ने आफ्नै निर्णयबाट पछि हटेका छन् ।
ती कम्पनीहरुले २ सय रुपैयाँ पर्ने ४७ लिटरको सिलिण्डरलाई ४ सय ५० र १ सय रुपैयाँ पर्ने १० लिटरको सिलिण्डरलाई २ सय २७ रुपैयाँ निर्धारण गरेका थिए ।