News अपराध सुरक्षा

काभ्रेमा मोटरसाइल दुर्घटना, एककाे मृत्यु

काभ्रेमा   मोटरसाइल दुर्घटना,  एककाे मृत्यु

काठमाडाैं । काभ्रेकाे धुलिखेल–९ पानीट्याङकीमा माइक्रो बसले मोटरसाइललाई ठक्कर दिएको छ । ठक्करबाट मोटसाइकलमा सवार १ जनाकाे मृत्यु भएकाे छ भने १ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धनुषा जिल्लाकाे तारापट्टि बस्ने३६ बर्षको सत्यनारायण साह रहेका छन् भने सिराहा हक्पारा बस्ने २५बर्ष को प्रदिप कुमार महत्तो घाइते भएका छन् । 

 

भकुण्डेतर्फ जाँदै गरेको ज ११ प १२९७ नम्बरको मोटरसाइकललाई काठमाडौं तर्फ आउँदै गरेको ना १ ज ५२१५ नम्बरको माइक्रोले करिब साँढे ३ बजेको समयमा ठक्कर दिएको हो । घाइते धुलिखेल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय काभ्रे भन्ज्याङले जनाएको छ ।

 

  गाडी चालक भने फरार रहेका र सोको खोजी कार्य भइरहेको  प्रहरीले जनाएको छ । 

काभ्रे

विशेष