वार्तामा सहमति हुन सकेन्, डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै
काठमाडाैं । डा.गोविन्द केसी र सरकारबीचको वार्ता केही समयका लागि स्थगित भएको छ । दिउँसो साढे ३ बजेदेखि सुरु भएको वार्ता चार नबज्दै स्थगित भएको स्रोतले बताएको छ ।
केही विषयमा सहमती हुन नसकेकाले वार्ता पूर्ण हुन नसकेको हो । वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने छन् भने डा केसीका तर्फबाट डा जीवन क्षेत्री, डा अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे सहभागी छन्।
यसैबीच डा. केसीको अवस्था झन्झनज् नाजुक बन्दै गएको चिकित्सकहरूले बताएका छन् । केसीको सेतो रक्तकोकोष (डब्लूबीसी) कम हुँदै गएको हुनाले कुनै पनि वेला अचेत हुन सक्ने उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ ।
चिकित्सकहरूले विज्ञप्ति जारी गर्दै कुनै पनि वेला मुटुको धड्कनमा समस्या आउन सक्ने बताए ।