समाज News देश

डा. केसी र सरकारबीचको वार्ता पुनः सुरु

डा. केसी र सरकारबीचको वार्ता पुनः सुरु

काठमाडाैं । केही समयपछिको लागि स्थगित भएको डा.गाेविन्द केसी र सरकारबीचको वार्ता पुनः सुरु भएको छ । शिक्षा मन्त्रालयमा भइरहेको वार्तामा बुँदाहरूमा सहमती मिल्न नसकेपछि १ घण्टाको लागि स्थगित भएको थियो ।

 

यसैबीचमा चिकित्सकहरूले अनशनरत केसीको अवस्था नाजुक भएको  भन्दै प्रेस विज्ञप्ति जारी गरेका थिए । वार्तामा सहमति नभएसम्म अनशन नतोड्ने डा. केसीको रहेको मनसाय हरेको छ । वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने छन् ।

 

यसैगरी, डा केसीका तर्फबाट डा जीवन क्षेत्री, डा अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे सहभागि छन् । वार्ता पुनः सुचारु भएतापनि  अहिलेसम्म सहमति हुन सकेको छैन ।  वार्तामा विधेयकबाट हटाइएका प्रमुख विषयहरु काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल नखोल्ने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धनका लागि ३ सय श्ययाको अस्पताल कम्तीमा ३ वर्षसम्म सञ्चालन भएको हुनुपर्ने, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत सिट निःशुल्क हुनुपर्ने लगायतका २५ वटा विषयमा संशेधन गर्न डा केसीले सुझाएका छन् । 


 

डा. केसी सरकार

विशेष