News समाज देश

दाङको अवरुद्ध टरिगाउँ विमानस्थल संचालन हुन्छः सभामुख

दाङको अवरुद्ध टरिगाउँ विमानस्थल संचालन हुन्छः सभामुख

तुलसीपुर, दाङ । सभामुख कृष्णबहादुर महराले दाङको अवरुद्ध टरिगाउँ विमानस्थललाई सञ्चालन गराउन आफूले पहल गरेको बताएका छन् । 

 

आज तुलसीपुर उपमहानगरपालिकाले यस क्षेत्रको विकासका लागि आयोजना गरेको अन्तरक्रियामा उनले विमानस्थलको स्तरवृद्धि गर्न र नियमित रुपमा सञ्चालन गर्न आफूले प्रधानमन्त्रीलाई केही समय अगाडि लिखित रुपमा निवेदन दिएको भन्दै महराले केही समयपछि यहाँबाट सरकारी जहाज नै उडाउन आफू प्रतिबद्ध रहेको पनि बताए । 

 

उनले समग्र दाङको विकासका लागि आफू सधैँ कटिबद्ध रहेको पनि बताए । महराले शिक्षा, स्वास्थ्य, बाटो निर्माणलगायत विकासका काममा राज्यको स्पष्ट दृष्टिकोण हुनुपर्ने उनको भनाइ छ । 

 

सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले समग्र नगरक्षेत्रको विकासका लागि र सहभागी विभिन्न दलका प्रतिनिधि, संघसंस्था, नागरिक समाज र व्यवसायीका प्रतिनिधिले तुलसीपुर तथा समग्र दाङको विकासका लागि पहल गरिदिन सभामुखसँग माग गरेका थिए । 

दाङ कृष्णबहादुर महरा टरिगाउँ विमानस्थल

विशेष