News मनोरञ्जन

छोरीको निहुँमा ऐश्वर्या र अभिषेकबीच तनाव

छोरीको निहुँमा ऐश्वर्या र अभिषेकबीच तनाव

ऐश्वर्या राय र अभिषेक बच्चनलाई आदर्श दम्पत्तिका रुपमा हेर्नेहरु भारतमा धेरै छन् । तर उनीहरुबीचको सम्बन्ध त्यति धेरै सुमधुर भने छैन ।

 

केही समयअगाडि एउटा अवार्ड समारोहमा ऐश्वर्या र अभिषेकको मनमुटाब छताछुल्ल बनेको थियो । पत्रकारहरुले यो जोडीलाई संयुक्त फोटोसेसनका लागि आग्रह गर्दा अभिषेक सन्किएर एक्लै हिँडेका थिए । अहिले उनीहरुको नयाँ भिडियो भाइरल बनेको छ ।


हालै उनीहरु पेरिसमा छुट्टि मनाएर फर्किँदा एयरपोर्टमा खिचिएको भिडियो हो यो । एयरपोर्टबाट बाहिर निस्किँदै गर्दा ऐश्वर्याले छोरीलाई हात समातेर डोर्‍याइरहेकी हुन्छिन् भने अभिषेक अघिअघि हुन्छन् । अगाडि क्यामराहरु देखेपछि उनी पनि छोरीको हात समाउन रोकिन्छन् । तर ऐश्वर्याले भने उनलाई छोरीको हात समाउन नदिएर अर्कोतिर सार्छिन् । अभिषेक जिल्ल पर्छन् ।

 

यो दृष्य हेर्दा यी दम्पत्तीबीच छोरीको विषयमा ठूलै मनमुटाब भएजस्तो देखिन्छ । उनीहरुकी छोरी आराध्या आमासँग बढि नजिक छिन् । यद्यपि, मिडियाका अगाडि अभिषेक आफूसँग छोरी नजिक रहेको देखाउन चाहन्छन् ।

 

ऐश्वर्याले छोरीलाई लिएर पेरिस पुग्दा अभिषेक भने बाबु अमिताभसँग रुसमा विश्वकप हेर्न पुगेका थिए । विश्वकप सकिएपछि उनी पनि पेरिस गएका थिए । त्यहाँबाट उनीहरु सँगै फर्केका हुन् ।

 

उनीहरुको तिक्तताको खबर मिडियामा आएपछि अभिषेकले खन्डन गरेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूहरुबीच राम्रो सम्वन्ध रहेको दावी गरेका हुन् ।

 

अभिषेकले लेखेका छन्, ‘अनलाइन मिडियालाई लगातार समाचार दिनुपर्ने दवाव छ भन्दैमा जे पायो त्यही लेख्न मिल्दैन । कृपया झूटा समाचार लेख्न बन्द गरौं ।’

ऐश्वर्या राय अभिषेक बच्चन

विशेष