नवनियुक्त राज्यमन्त्रीहरुको शपथ आज

नवनियुक्त राज्यमन्त्रीहरुको शपथ आज

जनकपुरधाम । प्रदेश २ सरकारले नियुक्त गरेको राज्यमन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ लिँदै छन् । बुधबार प्रदेश मुख्यालयमा ३ बजे नवनियुक्त राज्यमन्त्रीहरुको शपथ लिने कार्यक्रम रहेको बताइएको छ । 



प्रदेश सरकारले सरकार गठनको पाँच महिनापछि मन्त्रिपरिषद विस्तार गरेको हो । सरकारले राज्यमन्त्रीमा सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मालाई नियुक्त गरेको छ । 

 


मण्डललाई उद्योग तथा पर्यटन, झालाई भौतिक पूर्वाधार र शर्मालाई सामाजिक विकास राज्यमन्त्रीमा सिफारिस गरिएको छ । नवनियुक्त तिनैजना राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री लालबाबु राउतले पद तथा गोपनियताको शपथ दिलाउने कार्यक्रम रहेको छ ।



राज्यमन्त्रीमा शपथ लिनेहरुमा झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी श्रीमती हुन् भने शर्मा असई थमन विक हत्या प्रकरणका फरार अभियुक्त हुन् ।


संघीय समाजवादी फोरम र राजपा गठबन्धनको प्रदेश २ सरकारमा फोरमले आफ्ना मन्त्रीहरु पठाइ सकेपनि आन्तरिक विवादका कारण राजपाले नाम पठाउन सकेको थिएन् ।

शपथ राज्यमन्त्री  प्रदेश २

संम्बधित खबर

विशेष