News अपराध सुरक्षा प्रदेश ३

भरतपुरमा प्रहरी र मजदुरबीच झडप

भरतपुरमा  प्रहरी र मजदुरबीच झडप

काठमाडाैं । भरतपुरमा आज भएको आन्दोलनमा प्रहरी र मजदुरबीच झडप भएको छ । रिक्सा तथा ट्याम्पोलाई राजमार्गमा गुड्न नदिने भरतपुर महानगरपालिकाको विरुद्धमा मंगलबार मजदुर व्यवसायीहरूले आन्दोलन गरेका थिए । भरतपुर महानगरपालिकाले गएको साउन ५ गतेदेखि राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चलाउन रोक लगाउने निर्णय गरेको थियो ।

 

सो निर्णयको विरुद्धमा उच्च अदालत हेटौडामा मुद्धा समेत परेको थियो ।आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले हवाई फायर गरी नियन्त्रण लिन खोज्दा झडप भएको हो । झडपमा दुर्इे प्रहरी र केही आन्दोलनकारीहरू घाइते भएका छन् । आन्दोलनकारीहरूले राजमार्ग बन्द गर्न गर्दा प्रहरीले खुलाउन खोजेका थिए ।

 

तर प्रहरीकै कार्यालयमा आगो लगाउन खोजेपछि प्रहरीले बल प्रयोग गरी केही आन्दोलनकारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । महानगर र व्यवसायीबीच छलफल भएपनि सहमती भने हुन सकेको छैन । राजमार्गमा सवारी चाप अधिक भएपछि दुर्घटना संख्या बढेकाले रिक्सा तथा ट्याम्पोलाई बन्द चल्न नदिएको स्रोतले बताएको छ । 
 

भरतपुर

विशेष