नयाँ अधिकृतलाइै प्रधानमन्त्रीको सुझाव ‘ नेपाल गरिब हुनुको कारण खोजी गरौँ
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्क्रिय इमानदारिताले जनताकोे सेवाका लागि कुनै लाभ हुँदैन लाभ नहुने बताएका छन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा छ महिने आधारभूत प्रशिक्षण पूरा गरेका अधिकृत तहका नयाँ कर्मचारीका लागि आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्मचारीले जिम्मेवारी पूर्वक जनताको सेवा गरेमात्र उत्तरदायित्वको अर्थ हुने प्रस्ट पारेका हुन् ।
ओलीले कर्मचारीहरीरूलाई आफ्नो ज्ञानलाई जनताको सेवामा भरभूर लगाउन पनि आग्रह गरे । कर्मचारी जहाँ रहेपनि देशको राष्ट्रियतालाई साथमा बोकी मुलुक वृद्धि विकासका लागि निस्वार्थ रुपमा कार्य गरेमात्र कामको अर्थ रहने बताए । नेपालमा प्रशस्त स्रोत र साधन भएपनि नेपाल गरिब हुनुको कारण को खोजी गर्नपनि नवअधिकृतहरूलाई प्रधामन्त्री ओलीले सुझाव दिए ।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले दीक्षित कर्मचारीलाई बधाई दिए ।
प्रधानमन्त्री केपी शर्मा ओली