प्रसाईंविरुद्ध मानव अधिकार आयोगमा उजुरी दर्ता ,माफी मागेर पनि निकास पाएनन्
काठमाडाैं । झापाको बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध मानव अधिकार आयोगमा सामाजिक अभियान्ताहरूले उजुरी दर्ता गरेका छन् ।
प्रसाईले बंगलादेशमा अध्ययन गर्न जाने नेपाली छात्राहरूको आत्मसम्मानमा चोट पु¥याएको भन्दै जमुना सुवेदी, अम्बिका कार्की तथा राज्यलक्ष्मी श्रेष्ठ लगायतका सामाजिक अभियान्ताले आयोगमा उजुरी दर्ता गराएका हुन् ।
प्रसाईले केही महिनाअघि बगंलादेशमा अध्ययन गर्न जाने छात्रहरूलाई विश्वविद्यालयका प्रोफेसरहरूले यौन दूव्र्यवहार गरेको भनी अभिव्यक्ति दिएका थिए । प्रसाईको अभिव्यक्तिले महिलाको चरित्र हत्या गरेको भन्दै गाली बेइज्जती ऐन २०१६ र सार्वजनिक अपराध तथा सजाय ऐन २०२६ बमोजिम दण्ड सजाय गर्न उनीहरूले माग गरेका छन् ।
व्यवसायी प्रसाईले बुधबार पत्रकार सम्मेलन गरी आफूले छात्राहरूको आत्मसम्मानमा चोट पु¥याएको भन्दै क्षमा याचन गरेका थिए ।