News स्वास्थ्य देश

सरकार र डा. केसीबीच सहमति, हस्ताक्षर भएपछि अनशन तोडिने

सरकार र डा. केसीबीच सहमति, हस्ताक्षर भएपछि अनशन तोडिने

काठमाडाैं । डा. गोविन्द केसीको ७ वटै मागमा सहमति भएको छ । माग पुरा भएसँगै उनको २७ दिने अनशन पनि तोडिने भएको छ  । डा. केसी र सरकारी पक्षबीच दिउँसो वार्ता भएको थियो ।

 

बुधबार दिउँसो भएको वार्ता सहमति हुन नसकेपछि स्थगित भइ साँझ बसेको थियो । साँझपनि सहमति जुट्न नसकेपछि  वार्ता निष्कर्ष्विहीन भई रोकिएको थियो ।

 

प्रधानमन्त्री र केसी पक्षबीच बुधबार साँझदेखि भएको अनौपचारिक वार्ताले दुबै पक्षलाई सहमति नजिक पु¥याएको थियो ।

 

 सिंहदरबारमा दिउँसो बसेको दुइपक्षबीचको वार्ताबाट सहमति जुटेपछि  सहमतिपत्रमा हस्ताक्षरको लागि टोली बालुवाटार गएको छ । प्रधानमन्त्रीले सहमति पत्रमा हस्ताक्षर भएपछि सहमतिले अन्तिम रुप पाउने स्रोतले बताएको छ । 
 

डा. गोविन्द केसी

विशेष