प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाई सकियाे
काठमाडाैं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाई सकिएको छ । तर निर्णय भोलीमात्र हुने भएको छ ।
संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीविरूद्ध संसदीय सुनुवाइ समितिमा ५ वटा उजुरी परेका थिए । जसमा शैक्षिक प्रमाणपत्र लगायतका विषय थिए ।
गएको चैत १ गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएपछि जोशी कायममुकायम प्रधानन्यायाधीशका रुपमा कार्यरत रहँदै आएका छन् ।