News

महाकाली राजमार्ग पुनः सञ्चालनमा

महाकाली राजमार्ग पुनः सञ्चालनमा

काठमाडाैं । बुधबार रातिदेखि अवरुद्ध महाकाली राजमार्ग दिउँसोबाट पुनः सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय पाटनको डोजरले पहिरो पन्छाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

 

महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलासैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खसेर अवरुद्ध सडक अवरुद्ध भएको थियो । राजमार्ग सञ्चालनमा आएपनि लगातारको पानीले पहिरो आउन सक्ने सम्भावना भने अझै रहेको छ । राजमार्ग पुनः सञ्चालनमा आएपछि रोकिएका सवारी साधन तथा यात्रुहरु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

 

२०६० साल असारमा आएको उक्त पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसँग नहुँदा बर्सातको समयमा प्रत्येक वर्ष उक्त ठाउँमा बेलाबेलामा सडक अवरुद्ध हुँदै आएको छ । 
 

महाकाली राजमार्ग

विशेष